परराष्ट्रमन्त्री महराले डोक्लाम समस्याबारे चीन र भारतका राजदूतसंग गरे गम्भिर छलफल

काठमाडौं – उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भारत र चीनबीचको सीमा विवाद शान्तिपूर्ण रूपमा समाधान हुनुपर्ने बताएका छन् । उनले चीन, भुटान र भारतबीच डोक्लाम क्षेत्रमा देखिएको तनावको बारेमा नेपालले कुनै पक्षको समर्थन नगर्ने समेत स्पष्ट पारेका छन् । परराष्ट्रमन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री महराले  सीमा क्षेत्रको तनावमा नेपाल पूर्ण रुपमा तटस्थ बस्ने बताए…