काठमाडौँ- सगरमाथा आरोहणमा जान लागेका महिला पत्रकारको टोलीलाई काठमाडौँ महानगरपालिकाले २५ लाख हस्तान्तरण गरेको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पत्रकारको समूहलाई नगद रकम २५ लाख हस्तान्तरण गरेका छन् । उनले आरोहणको सफलताको कामना सहित सफलतापछि महानगरको सार्वजनिक कार्यक्रममा योगदान पुग्ने विश्वास व्यक्त गरे । आरोहण टोली प्रमुख नेपाल टेलिभिजनकी रोजित बुद्धाचार्य र अन्य सदस्य मेघा…