सुरु भयो असारे विकास, हतारमा अर्बौं खर्चिंदै

काठमाडौं - करोडौं बजेटका सरकारी आयोजनाले बजेट हतारमा सकाउन ‘असारे विकास’ को रिहर्सल सुरु गरेका छन्। देशभर विभिन्न मन्त्रालयअन्तर्गतका सिँचाइ, सडक, पुल, खानेपानी, मर्मत सम्भारलगायत निर्माण कार्य हतार–हतार सुरु गर्न गृहकार्य थालिएको छ। आर्थिक वर्ष ०७४÷७५ को सुरुदेखि नै थालनी गर्नुपर्ने विकास आयोजना अन्तिम समयमा तयारी गर्ने परम्परा यसपटक पनि सुरु भएको छ। विभिन्न स्थानीय…