फेसबुकले अस्मिता र सम्पत्ति खतरामा

काठमाडौं- कमला (नाम परिवर्तन) लाई फेसबुकमा एउटा युवाको साथी बन्ने अनुरोध (फ्रेन्ड रिक्वेस्ट) आयो। कमलाले अनुरोध गर्ने युवाको विवरण हेरिन्। युवा युरोपमा बस्ने नेपाली रहेछन्। उनले साथी बन्ने अनुरोध स्विकारिन्। कमला र ती युवा सामाजिक सञ्जाल फेसबुकमा साथी भए। सरकारी सेवामा अधिकृत स्तरको जागिरे कमलासँग बिस्तारै ती युवासँग च्याट (लेखेर हुने कुराकानी) हुन थाल्यो। युवाका…