काठमाडौं- केही दिनअघि काठमाडौंकी सरिता मानन्धर (थर परिवर्तन) स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंको मोडल अस्पताल पुगेकी थिइन् । उनको पेटमा आठ महिनाको बच्चा थियो । मोेडल अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराउँदा उनको शीररमा पानीको मात्रा ७.५ सिएम मात्रै देखियो । गर्भवती महिलामा पानीको मात्रा यति देखिनु भनेको गम्भीर समस्या हो । चिकित्सकले उनलाई बच्चामा समेत समस्या देखिने…