काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रादेशिक कानुनी अड्चनको बाधा फुकाउन पहल थालेका छन् । संघीय सरकारले लिएको समृद्धिको खाका पूरा गर्नेगरी नीति तथा कार्यक्रम बनाउन र त्यहाँ देखिने कानुनी अड्चन फुकाउन प्रधानमन्त्रीले अग्रसरता देखाएका हुन् । सरकारको नीति तथा कार्यक्रम एवं प्रदेशमा निर्माण हुने कानुनहरूमा देखिने समस्याको समाधानका लागि प्रधानमन्त्री ओलीले सातवटै प्रदेशका मुख्यमन्त्री, प्रमुख सचिव…