डा केसीलाई तीनदिनभित्र अदालतमा उपस्थित हुन आदेश

काठमाडौँ - सर्वोच्च अदालतले वरिष्ठ चिकित्सक डा गोविन्द केसीलाई अदालतको अवहेलनासम्बन्धी मुद्दामा तीनदिनभित्र अदालतमा उपस्थित हुन आदेश गरेको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले आज अवहेलना मुद्दामा डा केसीलाई अदालत उपस्थित हुन आदेश जारी गरेको हो । डा केसीले प्रधानन्यायाधीश पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रको विषयमा दिएको अभिव्यक्ति अर्मा्दित, अशिष्ट, अशोभनीय भएको भन्दै आदेशमा…