तामाकोशीको १० प्रतिशत स्थानीय सेयर न्यायोचित वितरण गर्न गाउँपालिकाबासीको माग

दोलखा - दोलखाको लामाबगरमा निर्माणाधिन बहुप्रतिक्षित जलविद्युत् आयोजना माथिल्लो तामाकोसीले स्थानीयवासी (दोलखाली) लाई वितरण गर्ने १० प्रतिशत साधारण सेयर वितरणको चर्चासँगै आयोजना प्रभावित गाउँपालिकाहरूले आफ्नो अधिकार खोजेका छन् । स्थानीयवासीका रूपमा सिङ्गो दोलखालीलाई नै वितरण गर्न लागिएको सो सेयरबाट आयोजना निर्माण भइरहेको र पानीको मुहान रहेको गाउँपालिकाका स्थानीय विभेदमा परेको भन्दै जिल्लाको उत्तरी दुई गाउँपालिका…