सुर्खेत - प्रदेश ६ को शनिबार बसेको संसद् बैठकले प्रदेशको नाम र स्थायी राजधानी तोकेको छ। प्रदेशसभाको शनिबार बसेको चौथो बैठकले नाम कर्णाली प्रदेश र स्थायी राजधानी सुर्खेतको वीरेन्द्रनगरलाई बनाउने निर्णय गरेको हो। बैठकले प्रदेशको नाम कर्णाली राख्ने प्रस्ताव सर्वसम्मतिले र प्रदेश राजधानी वीरेन्द्रनगर बनाउने प्रस्ताव दुईतिहाइभन्दा बढी मतले पारित गरेको हो। एमाले संसदीय दलका…