अख्तियार प्रमुख बस्न्यातको किर्ते काम : बेनामी उजुरी हालेर बस्नेतले सच्याए आफ्नै जन्ममिति

काठमाडौं-प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता विवाद चुलिएको वेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यात पनि जन्ममिति सच्याउनेकै सूचीमा रहेको तथ्य खुलेको छ । नागरिकतामा तीन वर्ष कान्छीबहिनी भगवती बस्न्यात कोइरालाभन्दा प्रमुखआयुक्त बस्न्यात सात महिना कान्छो देखिएपछि यो तथ्य बाहिर आएको हो । प्रमुखआयुक्त बस्न्यातले भारतबाट अध्ययन गरेर ल्याएको प्रमाणपत्रको आधारमा बहिनीभन्दा कान्छो हुनेगरी दोहोरो…