काठमाडौं–माओवादी केन्द्रका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ नियमित स्वास्थ्य परिक्षणका लागि आज बैंकक जाँदैछन्। जन्डीसबाट पीडित पुन आज दिउँसो १ः५५ बजेको थाई एयरवेजको नियमित उडानबाट बैंकक जान लागेका हुन्। उनी निवर्तमान सभामुख ओनसरी घर्तीसंगै बैंकक जान लागेका हुन्। पुनको उपचार बैंककस्थित समितिभेज अस्पतालमा भएको थियो। अहिले पनि सोही अस्पतालमा परिक्षण हुनेछ।…