काठमाडौं– पोखरामा रहेको फूलबारी रिसोर्टको ब्याज मिनाहाका लागि अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले दबाव दिएको खुलासा भएको छ । रिसोर्ट संचालनका लागी लिएको ऋण अहिलेसम्म संचालकहरुले तिरेका छैन् । ऋण नतिरेपछि कर्जा सिफारीस केन्द्रले संचालकहरुलाई कालोसुचीमा समेत राखेको छ । फूलबारीमा नेपाल बैंकको नेतृत्वमा राष्ट्रिय बाणिज्य बैंक, एनआइडिसी डेभलपमेन्ट बैंक र कर्मचारी सञ्चय कोषले…