काठमाडौं– गृह मन्त्रालयले गतिविधि अनुगमन गर्न नसक्दा नेपालमा बसिरहेका विदेशी नागरिकले प्रवेशाज्ञा (भिसा) को दुरुपयोग गरेको पाइएको छ । मन्त्रालयले नेपालमा बसिरहेका विदेशीको अनुगमन नगर्दा उनीहरू कहाँ र के गरिरहेका छन् यकिन जानकारीसमेत सरकारसँग छैन । पर्यटक, विद्यार्थी, व्यापार, नाता, कामदारलगायत भिसामा नेपाल बसेका कैयौं विदेशीले भिसाको दुरुपयोग गरी आफू अनुकूल काम गर्दै आएका…