काठमाडौं – सर्वोच्च अदालतले कैलाली–१ बाट प्रतिनिधिसभाका सदस्य रेशम चौधरीको कर्तव्य ज्यानलगायतको अभियोगको कागजातहरुको प्रमाणित प्रतिलिपि मगाउन आदेश जारी गरेको छ। प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले कर्तव्यज्यान, लुटपाटलगायतको अभियोगपत्रको कागजातहरुको प्रमाणित प्रतिलिपि झिकाउने आदेश गरेको हो। २०७२ सालमा टीकापुरमा भएको हत्याकाण्डका आरोपी समेत रहेका चौधरी गत मंसिर २१ गते सम्पन्न चुनावबाट…