काठमाण्डौं– उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग श्रीलङ्काका विदेश राज्यमन्त्री वसन्थ सेनालायकले शिष्टाचार भेट गरेका छन् । परराष्ट्र मन्त्रालयमा शनिवार भएको भेटवार्तामा द्विपक्षीय हित, चासो र आपसी सम्बन्धका बारेमा छलफल भयो । सो अवसरमा परराष्ट्रमन्त्री महराले लुम्बिनी र बौद्ध धर्माबलम्बीका कारण दुई देशको सम्बन्धलाई प्रगाढ बनाएको भन्दै नेपाल–श्रीलङ्का सम्बन्ध साँस्कृतिकरुपमा बलियो रहेको बताउनुभयो । लुम्बिनी…