फिल्म ‘ट्यूबलाइट’ फ्लप भएपछि अभिनेता सलमान खानले ३२.५ करोड रुपैयाँ फिर्ता गरेका छन् । इदको अवसर पारी प्रदर्शनमा आएको फिल्मले निकै कमजोर व्यापार गर्दा वितरकलाई ६५ करोड घाटा भएको थियो । उनीहरुले सलमानसँग राहत पनि मागेका थिए । फिल्म असफल भएपछि सलमानले वितरकलाई बोलाएर घाटा भएको रकमको आधा रकम तिर्ने वाचा गरेका थिए…