चुनावमा अन्तरघात गर्नेलाई निर्मम कारबाही गर्ने ओलीको चेतावनी

झापा  – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोस्रो चरणको स्थानीय चुनावमा धेरै ठाउँमा एमालेले एमालेलाई हराएको भन्दै अन्तरघातीलाई निर्मम कारवाही गर्ने चेतावनी दिएका छन् ।गृहजिल्ला झापामा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई दिन आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले झापाको चुनावी परिणामप्रति पनि असन्तुष्टि जनाए ।झापाका १५ स्थानीय तहमध्ये अर्जुनधारा नगरपालिकाको परिणाम नआउँदै एमालेले ११ उपप्रमुख जितिसकेको छ…