डडेल्धुरा– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा वाम गठबन्धनले खाता खोलेको छ। डडेल्धुराको प्रदेशसभा ‘क’ मा एमाले नेता पठानसिंह बोहरा विजयी भएका हुन्। बोहराले १३ हजार ५६३ मत पाउदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका रघुवर भट्टले ११ हजार ३९४ मतमा चित्त बुुझाए।