काठमाण्डु – सर्वोच्च अदालतले प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । उनलाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले खारेज गरिदिएको छ । बुधबार न्यायाधीशद्वय पौगेल र पाण्डेयको इजलाशले प्रसाईंका छोरा निराजन प्रसाईंले दायर गरेको रिट खारेज गरेको…