अभिषेक गिरीलाई सरुवा गरेको विरोधमा माेरङ कारागारमा अागजानी

मोरङ- जिल्ला कारागार मोरङका चौकीदार अभिषेक गिरीलाई केन्द्रीय कारागार सरुवा गरेको विरोधमा कैदीबन्दीहरूले शुक्रबार कारागारभित्र आगजनी गरेका छन् । कैदीबन्दीहरूले पेट्रोल छर्केर कारागारभित्र आगजनी गर्नुका साथै तोडफोड गर्दै नाराजुलुस गरेका थिए । मोरङ कारागारका निमित्त जेलर शंकरप्रसाद पौडेलले चौकीदार गिरीलाई कारागार विभागबाट नै सरुवा गरेको विरोधमा कैदीबन्दीहरूले विरोध गरेको बताएकाे खबर अाजकाे कान्तिपुर दैनिकमा छ । ।…