पहुँचवालाले नियम विपरित राखेका ७४ घरेलु सुरक्षाकर्मी फिर्ता

काठमाडौ‌ -  प्रहरी प्रधान कार्यालयले नियमविपरीत पहुँचको भरमा निजी सुरक्षा गार्ड र चालकका रुपमा कार्यरत ७४ प्रहरीलाई फिर्ता बोलाएको छ। अधिकांश उनीहरुलाई पूर्वप्रधानन्यायाधीश, न्यायाधीश, पूर्वमन्त्री, उच्चपदस्थ सरकारी अधिकारीलगायतले वर्षौंदेखि गैरकानुनी रुपमा काममा लगाइरहेका थिए। फिर्ता आएकामा ५७ सुरक्षा गार्ड र १७ चालक छन्। प्रहरीका अनुसार पूर्वप्रधानन्यायाधीशहरु कल्याण श्रेष्ठ, रामप्रसाद श्रेष्ठ, केशवप्रसाद उपाध्याय तथा मीनबहादुर रायमाझीको सुरक्षामा…