प्रहरी महानिरीक्षक अर्यालको कडा निर्देशन : आ–आफ्नो नियत सुधार गरेर जनताप्रति निष्पक्ष सेवा प्रदान गर्नुस

सिरहा — प्रहरी महानिरीक्षक प्रकाश अर्यालले प्रहरीको नियतमाथि सधैं प्रश्न उठिरहने हुँदा प्रहरी कर्मचारीलाई आ–आफ्नो नियत सुधार गरेर जनताप्रति निष्पक्ष सेवा प्रदान गर्न निर्देशन दिएका छन् । सदरमुकाम सिरहामा जिल्ला प्रहरी कार्यालयको नवनिर्मित भवन सोमबार उद्घाटन गर्दै अर्यालले अपराध अनुसन्धान, शान्ति सुरक्षा, जनताप्रतिको निष्पक्ष सेवाभाव र सेवाग्राहीप्रतिको सभ्य व्यवहारलाई मूल मन्त्र मानेर काम गर्नुपर्ने निर्देशन दिए ।…