काठमाडौं– रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनाले राजनैतिक नेतृत्वलाई सदैव स्वीकार गरेको र नेपाली जनता सेनाप्रति गौरव गर्ने गरेको बताएका छन्। नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा आइतबार शुरु भएको पृतनापति समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै रक्षामन्त्री पोखरेलले मुलुकको आवश्यकता आर्थिक समृद्धि भएकोले नेपाली सेनाको योजना र क्रियाकलाप सोहि अनुरुप हुनुपर्ने बताए। वर्षायाम शुरु भएसँगै हुन सक्ने प्राकृतिक…