काठमाडौं प्रहरी प्रमुख धानुक बिदामा बसे : कानुन विपरित सिलवालविरुद्ध मुद्दा नचलाउने अडान

काठमाडौं- विनाआधार सांसद तथा पूर्वडिआइजी नवराज सिलवालविरुद्द अदालतमा मुद्दा दर्ता गर्न चर्को दबाब परेपछि महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रविन्द्र धानुक बिदामा बसेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र मुख्यसचिव लोकदर्शन रेग्मीको निर्देशनमा प्रहरी महानिरीक्षक (आइजिपी)प्रकाश अर्यालले आइतबार नै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गर्न आदेश दिएपछि एसएसपी धानुक आइतबारबाटै बिदा बसेका…