काठमाडौं– राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथीको दज्र्यानी चिह्न प्रदान गरिएको छ। २६ माघको मन्त्रिपरिषद् बैठकको निर्णय बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार महाशिवरात्रि तथा सेना दिवसको अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित समारोहमा राष्ट्रकवि घिमिरेलाई सहायक रथीको दज्र्यानी चिह्न प्रदान गरेकी हुन्। राष्ट्रकवि घिमिरेलाई उनको जन्मशताब्दी वर्षको उपलक्ष्यमा सरकारले सो उपाधि दिएको हो।…