लिभरपुललाई २० औँ पटक प्रिमियर लिगको उपाधि

काठमाण्डु- टोटनह्याम हट्सपरलाई पराजित गर्दै लिभरपुलले २० औँ पटक इङलिस प्रिमियर लिग उपाधि हात पारेको छ। आइतबार राति घरेलु मैदान एनफिल्डमा भएको खेलमा टोटनह्याममाथि ५–१ को फराकिलो जित निकाल्दै लिभरपुलले उपाधि जितेको हो। टोटनह्यामाथिको सानदार जितले लिभरपुलले चार खेल बाँकी रहँदा नै उपाधि जित्ने सातौँ टोली बनेको छ। लिगमा दोस्रो स्थानको आर्सनलको ६७ अंक हुँदा…