दुबै डोज खोप लगाएकी गौरिका सिंहलाई कोरोना संक्रमण

काठमाण्डु – पौडीबाज गौरिका सिंहलाई कोरोना संक्रमण भएको छ । नेपालका लागि दुईपटक ओलम्पिक खेलिसकेकी गौरिकाले सामाजिक सन्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएकी छन् । उनले आफूले कोरोनाको दुवै डोज खोप लगाए पनि संक्रमित भएको र १० दिनयता आइसोलेसनमा रहेको जानकारी गराएकी छन् । गौरिकाका अनुसार उनलाई कोरोना संक्रमणको कुनै पनि लक्षण देखिएको छैन…