अमेरिकाले जित्यो कन्काकाफको उपाधि

एजेन्सी- मेक्सिकोलाई फाइनलमा पराजित गर्दै कन्काकाफ फुटबलको उपाधि अमेरिकाले जितेको छ । अमेरिकाको नेभादास्थित एलिजेन्ट रंगशालामा भएको खेलमा अमेरिकाले मेक्सिकोलाई १–० ले पराजित गरेको हो । खेलमा निर्धारित समयसम्म कुनै पनि टोलीले गोल हुन नसकेपछि आधा घण्टा थप गरिएको थियो । खेलको १ सय १८ औं मिनेटमा अमेरिकाका लागि माइल्स रोविन्सनले गरेको गोल नै निर्णायक…