काठमाण्डु- टेनिस खेलाडी नोभाक जोकोभिचको अस्ट्रेलियाली सरकारले गरेको भिसा रद्द गर्ने निर्णय मेलबर्न अदालतले खारेज गरेको छ । अदालतको यो निर्णयसँगै विश्व नम्बर एक जोकोभिचले वर्षको पहिलो ग्रान्डस्लाम-अस्ट्रेलियन ओपन खेल्ने सम्भावना बलियो भएको छ । मेलबर्न अदालतका न्यायाधीश एन्थोनी केलीले सरकारले भिसा रद्द गर्ने निर्णय खारेज गर्दै उनलाई पासपोर्टसहित रिहा गर्न आदेश दिएको हुन् ।…