आर्मीलाई हराउँदै एपीएफले जित्यो महिला लिगको उपाधि

काठमाण्डु – विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबले अपराजित रहँदै राष्ट्रिय महिला लिग फुटबलको उपाधि जितेको छ । लिगको अन्तिम खेलमा एपीएफ आज नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा एपीएफका लागि सरु लिम्बुले दुई तथा अनिता केसीले एक गोल गरे ।…