प्रधानमन्त्री कप क्रिकेटः आर्मीले दियो वाग्मतीलाई २३० रनको लक्ष्य

काठमाण्डु – विभागीय टोली त्रिभुवन आर्मी क्लबले वाग्मती प्रदेशलाई २३० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी दोस्रो सेमिफाइनल खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा सम्पूर्ण गुमाउँदै २२९ रन बनाएको हो । आर्मीका लागि राजेश पुलामीले ९१ बल खेल्दै चार चौका र दुई छक्काको सहयोगमा ६५ रन बनाए…