नौ महिनापछि नेपाली फुटबल टोली बन्द प्रशिक्षणमा

काठमाण्डु – नेपाली फुटबल टोलीले नौ महिनापछि बन्द प्रशिक्षण थालेको छ । विश्वकप फुटबल छनोट खेलको तयारीका लागि टोली बन्द प्रशिक्षणमा उत्रेको हो । कोरोना भाइरसको महामारीका कारण प्रशिक्षणमा ढिलाइ भएको हो । आगामी चैतमा तीन देशको टोलीसित तीन खेलको तालिका सार्वजनिक भएपछि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ५८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।…