योनेक्स जर्मन जुनियर ब्याडमिन्टनः प्रिन्स प्रतियोगिताबाट बाहिरिए

काठमाडौं – नेपालका जुनियर ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल जर्मनीको बर्लिनमा जारी योनेक्स जर्मन जुनियर ब्याडमिन्टन सिरिजबाट बाहिरिएका छन् । बर्लिनमा गएराति भएको प्रि–क्वाटरफाइनलमा दाहाल पराजित भएका हुन् । पुरुष यु–१९ एकलतर्फ प्रि–क्वाटरफाइनलमा प्रिन्स फ्रान्सका यानिस गौडिनसँग २–१ सेटमा पराजित भएका हुन् । पहिलो सेटमा उनले फ्रान्सेली खेलाडी गौडिनलाई २१–१८ अङ्कले हराएका थिए । दोस्रो र…