प्रधानमन्त्री एक दिवसीय क्रिकेट :आर्मीलाई ४ विकेटले पराजित गर्दै नेपाल पुलिस विजयी

काठमाडौं - तेस्रो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता नेपाल पुलिस क्लवले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्दै नेपाल पुलिस क्लबले उक्त उपाधि जित्न सफल भएको हो । उपाधिसहित नेपाल पुलिस क्लवले नगद २० लाख रूपैयाँ पुरस्कार प्राप्त गरेको छ…