काठमाडौं – नेपाल प्रहरीबाट १३ औँ दक्षिण एशियाली खेलकूद (साग)मा नेपाल प्रहरीको तर्फबाट ९२ खेलाडी खेल्ने भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार मङ्सिर १५ देखि २४ गतेसम्म हुने प्रतियोगितामा नेपाल प्रहरीको तर्फबाट ४४ महिला र ४८ पुरुष गरी ९२ खेलाडीको सहभागिता रहने भएको हो । प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले…