प्रधानमन्त्री कपको उपाधि एपीएफलाई, पायाे २० लाख पुरस्कार

काठमाडौं– प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफले हात पारेको छ। कीर्तिपुरस्थित त्रिभुुवन विश्वविद्यालय क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा त्रिभुवन आर्मीलाई ६ विकेटले पाखा लगाउँदै एपीएफले उपाधि रक्षा गरेको हो। उपाधिसँगै एपीएफले २० लाख तथा उपविजेता आर्मीले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्। सर्वाेत्कृष्ट खेलाडी सागर पुनले १ लाख पुरस्कार…