एन्फामा विधिसम्मत निर्वाचनको माग

काठमाडौं - अखिल नेपाल फुटबल संघ (एन्फा) को यही वैशाख २२ गतेका लागि तय भएको निर्वाचन वैधानिक नहुने अध्यक्ष पदका उम्मेदवार मणि कुँवरले बताएका छन्। निर्वाचन समितिले निर्वाचनको तयारी पूरा गरेर मिति तय गरेपछि कुँवर समूहले मंगलबार पत्रकार सम्मेलन गरी विधिसम्मत निर्वाचन गरिनु पर्ने माग गरेको हो। निर्वाचन साधारणसभा बोलाउन ६० दिनको सूचना हुनुपर्ने प्रावधान…