पोखरामा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण हुन्छ : मन्त्री विश्वकर्मा

पोखरा – युवा तथा खेलकूद मन्त्री जगत विश्वकर्माले पोखरामा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक सुविधासम्पन्न रङ्गशाला निर्माण गरिने बताएका छन् । नेपाल खेलकूद पत्रकार मञ्च कास्कीद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले पोखराको पर्यटकीय सम्भावनालाई खेलसँग पनि जोड्न सकिने बताए । खेलाडीलाई खेल खेलेरै जीविकोपार्जन गर्न सक्ने अवस्थाको सिर्जना नहुँदासम्म खेल क्षेत्रले राम्रो गति प्राप्त गर्न नसक्ने उनको दावी रहेको…