लुम्बिनी पिस म्याराथनको उपाधि सेनाका श्रेष्ठलाई, पाए एक लाखको पुरस्कार

कपिलवस्तु– लुम्बिनी पिस म्याराथन प्रतियोगिताको उपाधि नेपाली सेनाका होमलाल श्रेष्ठले हात पारेका छन्। बिहीबार भएको म्याराथनमा श्रेष्ठले ४२ दशमलव १९८ किलोमिटर दूरीेको म्याराथन २ घण्टा ५४ मिनेट ५३ सेकेण्डमा पूरा गरेर उपाधि हात पारेका हुन्। म्याराथनमा नेपाली सेनाकै हरिप्रसाद रिमाल द्वितीय र खगेन्द्र भट्ट तृतीय भएका छन्। रिमालले २ घण्टा ५७ मिनेट २४ सेकेन्डमा दौड…