काठमाडौँ- जिम्बाब्वेबाट सोमबार साँझ काठमाडौँ आइपुगेको नेपाली क्रिकेट टोलीकाे त्रिभुवन विमानस्थलमा भव्य स्वागत भएकाे छ । वान डे मान्यता प्राप्त गरेर सोमबार साँझ पौने सात बजे त्रिभुवन विमानस्थलमा टाेलीकाे सरकारी अधिकारी सयौँ समर्थकले भव्य स्वागत गरेकाे हाे । क्रिकेट टोलीको स्वागतका लागि त्रिभुवन विमानस्थलमा युवा तथा खेलकुद मन्त्रालयका पदाधिकारी, राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी र समर्थकहरु कुरेर बसेका थिए । नेपाल विश्वकप…