काठमाण्डु - दोस्रो वीरगञ्ज गोल्डकप प्रतियोगिताको उपाधिका लागि शनिबार मच्छिन्द्र क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ । वीरगञ्जको आर्दशनगर रंगशालामा दिउँसो ३ बजे हुने खेलमा यी दुई टोली आमने सामने हुने भएका हुन् । मच्छिन्द्रले क्वार्टरफाइनलमा चर्च ब्वाइज युनियनलाई २–१ गोलअन्तरले पराजित गरेको थियो भने सेमिफाइनमा सहलेश फुटबल क्लब सिराहालाई ३–१ गोलअन्तरले हराएको थियो…