ब्राजिललाई हराउँदै उरूग्वे कोपा अमेरिकाको सेमिफाइनलमा

काठमाण्डु – ब्राजिललाई टाइब्रेकरमा ४–२ गोलले पराजित गर्दै उरूग्वे कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको छ । आइतबार बिहान ब्राजिललाई हराएर उरूग्वे सेमिफाइनलमा पुगेको हो। टाइब्रेकरमा एडर मिलिटाओ र डगलस लुइज गोल गर्नबाट चुकेसँगै ब्राजिल क्वाटरफाइनलबाटै घर फर्किएको हो। ब्राजिलका गोलकिपर एलिसनले उरूग्वेका जोश मारिया गिमिनेजको प्रहार रोकेपनि जितका लागि पर्याप्त भएन। निर्धारित समयमा गोलरहित बराबरीको नतिजापछि…