काठमाण्डु- म्यान्मारमा शुक्रबार गएको शक्तिशाली भूकम्पमा ९ नेपालीभाषीको मृत्यु भएको छ । त्यहाँ अहिलेसम्म् एक हजारभन्दा बढीको मृत्यु भइसकेको सरकारी अधिकारीहरूले बताएका छन् । म्यान्मारको सैनिक सरकारका अनुसार भूकम्पमा परी २,३०० जनाभन्दा बढी घाइते भएका छन् ।मृत्यु हुनेमा नौजना नेपालीभाषी पनि रहेको बीबीसीले उल्लेख गरेको छ । स्थानीय नेपाली साहित्यकारको भनाइ उद्धृत गर्दै राजधानी म्यान्डलेमा…