जाजरकोटकाे भेरी नगरपालिकामा फेसबुक चलाउन प्रतिबन्ध

जाजरकोट– भेरी नगरपालिकाले कार्यालय समयमा फेसबुक चलाउन प्रतिवन्ध लगाएको छ । शुक्रबार बसेको बैठकले कार्यालय समयमा फेसबुक चलाउँदा काममा बाधा पुग्ने जनाउँदै प्रतिबन्ध लगाएको हो । नगरपालिकाकि सूचना शाखा उपप्रमख भावना भण्डारीका अनुसार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म फेसबुक चलाउन नपाइने र चलाएको पाइएमा कारवाही हुने नगरपालिकाले जनाएको छ ।