प्रचण्डमाथि अनेकथरि प्रहार : निशानामा गणतन्त्र !

काठमाडौं - ‘मलाई मारेर संघीय लोकतान्त्रिक गणतन्त्र वा परिवर्तन बच्ने हो त ?’ केही दिनअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक कार्यक्रममै प्रश्न गरे । शहीद-बेपत्ता परिवार अभिनन्दन कार्यक्रमलाई नेकपा कार्यालय पेरिसडाँडामा गत बिहीबार सम्बोधन गर्दै प्रचण्डले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहबाट आफ्नो हत्या गर्ने योजना बनेको समेत खुलासा गरे ।…