साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनद्वारा उद्धार कोषमा ५१ लाख सहयोग

साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनद्वारा उद्धार कोषमा ५१ लाख सहयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपालका लागि बीवाईडी अटोको आधिकारिक वितरक साइमेक्स इंकले देशभरका बाढी पहिरो पीडितका लागि साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन (सीबीसीएफ) मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख ५ रुपैयाँ सहयोग गरेको छ । 

शुक्रबार एक कार्यक्रमका बीच साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो रकमको चेक हस्तान्तरण गरे । सो अवसरमा साइमेक्स इंककी म्यानेजिङ डाइरेक्टर यमुना श्रेष्ठ र सीईओ साहिल श्रेष्ठको समेत उपस्थिति थियो । 

केही दिन पहिले आधिकारिक रुपमा फाउन्डेसन स्थापनको घोषणा गरिए पश्चात यो सीबीसीएफको पहिलो योगदान हो । 

शिक्षा, स्वास्थ्य सुरक्षा, दिगो विकास र प्रकोप राहत जस्ता पहलमा केन्द्रित भई समुदायमा केही योगदान गर्ने उद्देश्यका साथ फाउन्डेसन निर्माण गरिएको थियो । 

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गरेर साइमेक्स इंकले यो प्राकृतिक विपद पीडितहरुसँग ऐक्यबद्धता जनाउन र हाल भइरहेको उद्धार तथा राहत कार्यका लागि आवश्यक सहयोग विस्तार गर्ने छ।