चीनिया कम्युनिष्ट पार्टीको नेशनल कांग्रेस अक्टोम्बर १८ मा हुने निश्चित

चीनिया कम्युनिष्ट पार्टीको नेशनल कांग्रेस अक्टोम्बर १८ मा हुने निश्चित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौं– चिनिया कम्युनिष्ट पार्टीको १९ औं नेशनल कांग्रेस अक्टोम्बर १८ मा हुने भएको छ । चिनिया कम्युनिष्ट पार्टीको विहिवार वसेको पोलिटब्युरो बैठकले अक्टोम्बर दोस्रो साता नेशनल कांग्रेसको आयोजना गर्ने निर्णय गरेको चिनिया संचार माध्यमहरुले जनाएका छन् । नेशनल कांग्रेसको बैठकअघि केन्द्रिय कमिटीको विस्तारीत बैठक अक्टोम्बर ११ मा गर्ने निर्णय पनि भएको छ ।
नेशनल कांग्रेसले आगामी ५ वर्षको लागी निती र योजना निर्माण गर्नुको साथै नेतृत्वको पनि चयन गर्नेछ ।

 

 

चिनिया कम्युनिट पार्टीका महासचिव एवंम् हालका चिनिया राष्ट्रपति सि जिनपिङको अध्यक्षमा बसेको बैठकले उक्त निर्णय गरेको हो । नेशनल कांग्रेसले विगत पाच वर्षमा पार्टीले गरेको कामको समीक्षा गर्नुको साथै नया नेतृत्वको पनि चयन गर्नेछ । 

 

 

नेशनल कांग्रेसले नया केन्द्रिय समिति र पोलिटब्युरोको चयन गर्ने भएकाले पनि चीनमा यो बैठकलाई निकै महत्वका साथ हेरिएको छ । चीनमा राष्ट्रपति जिनपिङको नेतृत्वमा विकास तिब्र गतिमा अघि बढेको, भ्रष्टाचार विरुद्ध कडा निती अपनाएको र विचारको विकासमा समेत उल्लेख काम भएको भन्दै उनि निकै लोकप्रिय छन् ।

 

चिनीया कम्युनिट पार्टीको नेशनल कांग्रेसमा नेपालसहित विश्वभरका कम्युनिष्ट पार्टीका नेताहरुलाई बोलाउने तयारी चीनले गरेको छ । स्रोतकाअनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि उदघाट्न सत्रमा बोलाउने तयारी चीनले गरेको छ ।