बझाङको सिडियोमा कैलाश ठकुराठी

बझाङको सिडियोमा कैलाश ठकुराठी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बझाङ – बझाङका प्रमुख जिल्ला अधिकारी (सिडियो) परिवर्तन भएका छन् । ओम प्रसाद भट्टराईको गृह मन्त्रालयमा सरुवा भएसँगै कैलाश ठकुराठीलाई बझाङको प्रमुख जिल्ला अधिकारीका रूपमा पठाइएको छ ।

गृह मन्त्रालयको निर्णयअनुसार भट्टराईलाई सिंहदरबारस्थित मन्त्रालयमा तानिएको हो । उनको स्थानमा मन्त्रालयमै कार्यरत ठकुराठीलाई बझाङ पठाइएको हो। नयाँ सिडियोका रूपमा बझाङ आउने ठकुराठीले जिल्लामा प्रशासनिक नेतृत्व तथा शान्ति सुरक्षालाई प्रभावकारी बनाउने जनाएका छन्।

डडेल्धुराको भागेश्वर गाउँपालिकास्थित रूपाल घर भएका ठकुराठीले विकास निर्माण, सुरक्षा व्यवस्था र सार्वजनिक सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्य लिएको बताए।