फेरिए ३ जिल्लाका सिडियो

फेरिए ३ जिल्लाका सिडियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– गृह मन्त्रालयले ३ प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट तनहुँ रामेछाप र दैलेखका प्रजिअ फेरिएका हुन् ।

३ सिडियोसहित ४ सहसचिव र दुई उपसचिवको पनि सरुवा भएको छ ।

तनहुँका प्रजिअ श्यामकृष्ण थापा रामेछाप पुगेका छन् भने रामेछापका प्रजिअ राजु प्रसाद पौडेल गृहमा तानिएका छन् । गृहका सह सचिव रामकृष्ण अधिकारी तनहुँ पुगेका छन् ।

यस्तै गृहका सहसचिव बद्रीनाथ गैह्रे दैलेखका प्रजिअ तोकिएका छन् भने दैलेखका प्रजिअ नवराज जौसी गृहमा तानिएका छन् ।

सहसचिव बन्धुप्रसाद बास्तोलालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको छ ।