२ प्रहरी जवानलाई निलम्बन गर्न सिडियोको आदेश (भिडियोसहित)

२ प्रहरी जवानलाई निलम्बन गर्न सिडियोको आदेश (भिडियोसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले तस्करी नियन्त्रणमा चासो नदिएको आरोपमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक/एक जवानलाई निलम्बन गर्ने आदेश दिएका छन् ।

सीमावर्ती नाकामा भइरहेको अवैध तस्करीबारे अनुगमन गर्न प्रजिअ(सिडियो) अधिकारी अचानक मटिअर्वा नाकामा पुगेका थिए ।

अनुगमनका क्रममा मोटरसाइकलमा तस्करी भइरहँदा समेत प्रहरीका जवानले नियन्त्रण नगरेको भन्दै उनले घटना स्थालबाट फोन वाराका एसपीलाई फोन गरेका थिए ।

”आफू अनुगमनमा गएको समयमा उनीहरुले आफ्नो जिम्मेवारी राम्रोसँग पूरा नगरेको पाएपछि एसपीसापलाई समक्ष कारवाही गर्न सिफारीस गरेको हुँ, नियम अनुसार के कारवाही हुने हो, निलम्वन हुने हो या अरु के प्रकृया छ त्यहि अनुसार कारवाही होला” उनले काठमाण्डूपाटी सँग भने ।

उनीहरुलाई जिल्लामा तानिएको पनि उनले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयले सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण गर्न सुरक्षाकर्मीहरूको भूमिकाबारे थप अनुसन्धान गर्ने बताएको छ ।